
काठमाडौं, १० चैत । लक्ष्मी बैँकको १ सय २१ औँ शाखा काभ्रेको पनौतीमा सञ्चालनमा आएको छ ।
नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ४ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १५० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्ट पुगेको छ ।
बैैँकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया