
काठमाडौं, ९ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो पाँचौ विशेष साधारणसभा स्थागित गरेको छ । यही १२ गते हुने भनिएको साधारणसभा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण स्थगित गरेको विज्ञप्ति जारी गरि जनाएको छ ।
शनिबार बसेको पदाधिकारीको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ९४ वटा शाखा, ९४ वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँचलाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
बैँकले कोरोना भाइरको महामारीको जोखिम न्युनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई सहयोग गर्ने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्गलगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको समेत जानकारी गराएको छ ।















प्रतिक्रिया