
काठमाडौं, ९ चैत । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैँयाले बढेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ७६ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यस अघि शुक्रबार बजारमा सुन तोलाको ७५ हजार ५ सयमा कारोबार भएको थियो ।
आज तेजावी सुन तोलाको ७६ हजार २ सयमा कारोबार भइरहेको छ । चाँदी प्रति तोला ७२० कायम गरिएको छ । चाँदी तोलाको २० रुपैंया बढेको हो ।















प्रतिक्रिया