बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

उसको लागि प्रेमिका गुची स्टोरमा किन्ने सामान जस्तै हो

रेखा ओझा २०७६ चैत ८ गते १२:४२

-रेखा ओझा

स्टूडेन्ट भिसामा दुई जना एकै बर्ष अमेरिका छिरे जुनबेला नेपाल भूकम्पका कारण शोकमग्न अवस्थामा डुबेको थियो । त्यो महा–भूकम्पमा परी धेरैले ज्यान गुमाए धेरै जनधनको क्षती भयो तर त्यों मौकाको सुनौलो अवसर भने उनीहरूले पाए ।

भाग्यमानीको भुतै कमारो भने जस्तै त्यही भूकम्पको नाममा उनीहरूले अमेरिकामा टीपीएस फाइल गर्ने मौका पाए। उनीहरूको टीपीएस अपरूभ भयो अब स्टाटस र कामको केहि टेन्शन नै भएन ।

धेरैले टीपीएस भएपछि कलेज जान छोडेर डलर कमाउनतिर मात्र ध्यान दिए तर परिवारको सपना साकार पार्ने उद्देश्यले पनि उनीहरूले कलेजलाई निरन्तरता नै दिए ।

देश उही बस्ने ठाउँ उही स्टाटस उही तर फरक के त भन्दा दुई जनाको सोच र बाँच्ने तरीका । दुई जना नै स्टोरमा काम गर्छन् हप्ताको ६ दिन अनि दुई दिन कलेज पनि धाउँछन् ।

एकजना बिहान आरामले उठ्छ रिल्याक्स पाराले काममा जान्छ यसो यताउता काम गरेजस्तो गर्छ साँझ नपर्दै घर आइपुग्छ । मस्त सुत्छ टेलिभिजनमा फिल्म लगाउँछ अनि हातमा बोकेको स्मार्ट फोनमा फेसबुकमा भन्दा धेरै इसन्याप च्याटमा मस्त केटीसँग गफ गर्नमा ब्यस्त हुन्छ ।

यसो बाहिर अँध्यारो अँध्यारो हुनथाल्छ अनि आफ्ना ग्याङका साथीहरूलाई फोन गर्छ र कुनै रेस्टुुरेन्टमा मोमो र सेकुवा सँगै झ्याप्प २–३ ग्लास लगाउछ अनि राति खुट्टा लरबराउदै कोठामा आइपुग्छ ।

दिनभरी कामबाट थाकेर आएकी उसकी प्रेमीका खाना बनाएर उसलाई कुरेर बसेकी हुन्छे । ऊ घरभित्र पस्न नपाई ऊ बक बक गर्न थाल्छे– कहा गएको थियौ ? जहिले रक्सी नखाऊ त्यो हावा केटाहरूसँग नहिँड भन्या हैन तिमीलाई ?

उसको जवाफ आउछ– खाएँ त खाएँ तेरो बाउको खाएँ ? बरु तँलाई छोड़न सक्छु त्यो साथीहरू छोड्न सक्दिन बुझिस ! मुखबाट ननस्टप गालीका शब्दहरू निस्किन्छन् । यस्तो लाग्छ गाली कम्पिटिशन भयो भने तेस्को बिजेता ऊ नै हुन्छ ।

बिचरी उसलाई पनि आजकल त प्रेमीको गाली सुन्दा नि जोक सुने जस्तो हाँस्ने बानीं परिसकेको छ । एउटा कानले सुन्छे अर्को कानले उड़ाईदिनच्छे ।

एउटै स्टाटसमा भएको साथीले गुची स्टोर गएर सामान किन्दै फेसबुक स्टोरीमा हाल्दा ऊ नजिकैको साथीलाई प्रश्न गर्छ – अरे यार हामीले यती दुःख गर्दा पुगीरहेको छैन यो भने जुत्ता देखि बेल्टसम्म कसरी गुचीको लाउँछ यार ?

अब पालो अर्को स्टूडेन्टको–

बिहान उठेर काममा गएको ऊ बिचरा रातको १२–१ नबजी घर आइपुग्दैन । मध्यराती थाकेर घर आइपुगे पनि उसलाई चिन्ता आमा र आफ्नो देशको हुन्छ ।

आएर टेलिभिजनमा रबी लामिछानेको सिधा कुरा लाउँछ अनि एउटा हातमा फोन बोकेर नेपालमा आमासँग बोल्दै अर्को हातले प्रेमिकाले पकाएर दिएको मिठो खाना खान्छ । सँधै काम काम भनेर समय दिएन भनेर पुक्क रिसाएर साइडमा बसेकी प्रेमिकालाई फकाउँदै भन्छ – सानु नारिसाउन अहिले दुःख गरे केही बर्षपछि सुख पाइन्छ, मैले यति दुःख मेरो लागि मात्र गरेको हैन तिमी घर परिवार सबैको लागि गरेको हो ।

उसको बोलीमा गाली हैन मिठास छ, दिमागमा भबिष्य र परिवारको टेन्शन पनि छ । न उससँग केटीसँग सन्यापमा च्याट गर्ने समय छ न साथीहरू भेट्ने न रक्सी खाने । एउटै उमेर तर फरक सोच । सँगैको साथी स्पोर्टी कार डल्लासमा स्टार्ट गर्दा आस्टीन थर्कीनेगरी घाइ घाइ घुई घुई पार्दै सानले हिँड्दा ऊ निशान चढेर शान्त पाराले त्यही गल्लीमा कुदीरहेको छ ।

अर्को साथी क्लबमा मस्त झ्याप भएर केटीलाई अँगालो हालेर चिल पाराले डान्स गरिरहँदा उ घर बसेर रवि लामिछानेको सिधा कुरा हेर्दै देशको बारेमा टेन्शन लिईरहेको छ ।

एउटै स्टाटसमा भएको साथीले गुची स्टोर गएर सामान किन्दै फेसबुक स्टोरीमा हाल्दा ऊ नजिकैको साथीलाई प्रश्न गर्छ – अरे यार हामीले यती दुःख गर्दा पुगीरहेको छैन यो भने जुत्ता देखि बेल्टसम्म कसरी गुचीको लाउँछ यार ?

दिमाग फनन घुमेको छ । दिनको १० घण्टा खटेर काम गर्दा पनि कलेज फि देखि अनेक बिल तिर्दै आफ्नो अकाउन्टमा सेभिङ कहिले हुँदैन ऊ भने सधै चील पारामा छ फेसबुकका दैनिक स्टोरी हेर्दा डाह लाग्दो छ, उसको आयश्रोतमा पनि बेला बेलामा उसलाई शंका नै लाग्छ ।

स्टूडेन्ट भिसामा बिदेश आउनेलाई साँच्चै नै दुःख छ, कलेज फि, पारिवारिक खर्च, महिनामा आउने धेरै प्रकारका बिलहरू तर पनि उनीहरूको बाच्ने र जीवन जिउने तरीका फरक फरक छ यहाँ । हप्ताको ६ दिन नै काम गरेर पनि कोही रिल्याक्स पाराले बाचेका छन। कोही रक्सी, गर्लफ्रेंड, क्लब, ब्राण्डेड लुगा, जुत्ता, स्पोर्टी कार लिएर आफ्नै चिल पाराले बाँचेका छन् । यसो हेर्दा लाग्छ उनीहरूलाई न परिवारको टेन्शन छ न प्रेमिकाको एउटी गए अर्की आउछे नि उसको माया र फीलिंग्सको कुनै मतलब नै छैन, एस्तो लाग्छ प्रेमीका पनि उस्ले गुची स्टोरमा गएर किन्ने सामान जस्तै हो ।

अलिकति पैसा धेरै हाले ब्राण्डेड सामान आउच अनि थोरै पोज देखाए प्रेमिका। न उस्लाइ उस्ले गर्ने मायाको महत्व छ न ऊसँग बिताउने भबिष्यको । न देशको चिन्ता दिमागमा छ न परिवारको ।

प्रतिक्रिया
सम्बन्धित