आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

यूएईले सबै श्रम स्वीकृति रोक्यो

दैनिक नेपाल २०७६ चैत ७ गते ९:०४

काठमाडौं, ७ चैत । कोरोना भाइरस कोभिड १९ को महामारी विश्वभर नै तिव्र गतिमा फलिरहेका बेला संयुक्त अरब इमिरेट्स (यूएई) ले सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरेको छ ।

अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि श्रम स्वीकृति बन्द गरिएको अधिकारीहरुले जनाएका छन् ।

खाडी मुलुक यूएईमा बिहीबारसम्म ११३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कोरोनाको सङ्क्रमण अहिलेसम्म १६६ देशमा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित