आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

हङकङमा कोरोना सङ्क्रमित कुकुरको मृत्यु

दैनिक नेपाल २०७६ चैत ६ गते ११:२९

काठमाडौं, ६ चैत ।  कोरोना भाइरस कोभिड १९ का कारण हङकङमा एक कुकुरको मृत्यु भएको छ । गत महिना परीक्षण गर्दा पोजेटिभ र यही महिना दोस्रो पटक परीक्षण गर्दा नेगेटिभ देखिएको थियो ।

१७ वर्षको पोमेरेनियन प्रजातिको कुकरकी मालिकलाई पनि कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । साउथ चाइना मर्निङ्ग पोस्टका अनुसार हङकङ कृषि, मत्स्यपालन तथा संरक्षण विभागका प्रवक्ताले भने, ‘कुकुरकी मालिकमार्फत विभागले गएको १६ मार्चमा कुकुरको मृत्यु भएको थाहा पाएको थियो ।

कुकुरकी मालिकले मृत्युको कारण थाहा पाउनका लागि पोस्टमार्टम गर्न मानिरहेकी थिइनन् ।’कुकुरकी मालिक गएको फेब्रुअरी महिनाको अन्त्यतिर कोरोना सङ्क्रमित भएको पाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित