सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

कोरोना भाइरसको नाममा ह्याकरहरु सक्रिय

दैनिक नेपाल २०७६ चैत ३ गते ११:०४

काठमाडौं, ३ चैत ।   कोरोना भाइरसको क्रास रहेका बेला यहि कारोना भाइरसको नाममा ह्याकरहरु सक्रिय भएका छन् । कोरोना भाइरसको सङक्रमण फैलिरहेको बेला ह्याकरले कम्प्युटर भाइरस फैलाइरहेको पाइएको छ ।

कोरोना भाइरसको खबरले प्राथमिकता पाउन थालेपछि ह्याकरले भाइरससम्बन्धी त्रासका खबर समेट्दै कम्प्युटर भाइरस फैलाउन थालेको साइबर सुरक्षासम्बन्धी सङ्गठनहरूले जनाएका छन् ।

कोरोना भाइरसको नाम दिइएको हानिकारक कम्प्युटर भाइरसलाई एन्टिभाइरसले तीन हजारभन्दा धेरै पटक भेटेको भन्दै खराब सफ्टवेयर नियन्त्रणको क्षेत्रमा स्थापित कम्पनी क्यास्पर्स्कीले सचेत रहन सबैलाई आग्रह गरेको छ ।

व्यक्तिका साथै यातायात, स्वास्थ्यसेवा, बीमा, आतिथ्य र उत्पादनसहितका उद्योगलाई तारो बनाउन साइबर अपराधीहरूले अङ्ग्रेजी, फ्रेन्च, इटालियन, जापानी र टर्किस भाषाको प्रयोग गरिरहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित