२ कार्तिक २०८३, सोमबार

सर्वदलीय बैठक : कोरोना प्रभावित देशबाट नेपाल प्रवेश रोक्न सर्वसम्मत

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । कारोना भाइरसको संक्रमणबाट जोगिन आयोजित सर्वदलीय बैठकले सचेत कदम चाल्न सहमति जनाएको छ । बैठकले कारोना प्रभावित मुलुकबाट नेपाल प्रवेश रोक लगाउनेमा पनि सहमति गरेको छ ।

अहिलेसम्म एकजना नेपाली संक्रमण भएको र उपचार सफल पनि भएकोले आउँदा दिनमा पनि सतर्क रहनुपर्नेमा बैठकले जोड दिएको थियो ।

बैठकमा संक्रमित देशबाट कोही आइहाले कसरी व्यवस्थापन गर्ने लगायत विषयमा छलफल भएको थियो ।

बैठकमा सहभागीले हालसम्मका प्रयासहरु कोरोना रोकथामका लागि पर्याप्त नभएको औँल्याउँदै सरकारको ध्यानाकर्षण गरेका थिए । बैठकमा सबै मन्त्रालयले एकत्रित ढंगले काम गर्न पनि सरकारलाई सुझाव दिएको थियो ।

कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बोलाएको बैठकमा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी थिए ।

त्यस्तै मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा संघीय समाजवादी राजेन्द्र श्रेष्ठ रहेका थिए ।

काँग्रेसका तर्फबाट नेता बालकृष्ण खाण र गगन थापा सहभागी बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणबारे कार्ययोजना पेश गरेका थिए ।