२ कार्तिक २०८३, सोमबार

फेडवासन बर्दियाको अध्यक्षमा सम्सेली सर्वसम्मत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया,२८ फागुन । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) जिल्ला शाखा बर्दियाको अध्यक्षमा टिका सम्मसेली सर्वसम्मतले चयन भएका छन् । बर्दियाको गुलरियामा सम्पन्न भएको फेडवासनको दोस्रो जिल्ला अधिवेशनले सम्सेलीको नेतृत्वमा १० सदस्यिय नयाँ कार्यसमितिचयन गरेको हो ।

नयाँ कार्यसमितिको अध्यक्षमा टिका सम्सेली उपाध्यक्षमा कमान सिंह वली, सचिवमा भुपाल परियार, कोषाध्यक्षमा राधा यादव रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा यज्ञ हमाल, भास्कर पोखरेल बाबुराम अर्याल, चन्द्रकला वि क, ज्ञानु घिमिरे र जानकी पाण्डे रहेका छन् । त्यसैगरी अधिवेशनले लेखा समिति समेत चयन गरेको छ ।

लेखा समितिको संयोजकमा धर्मा मल्ल रहनु भएको छ भने सदस्यहरुमा पार्वती भट्टराई र मिना थारु रहेकी छन् । कार्यसमितिको पहिलो बैठकले भुगोल र समावेशीताको आधारमा तिन जना सदस्यहरु मनोनित गरीने नव निर्वाचित अध्यक्ष टिका सम्सेलीले बताए ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा बर्दिया जिल्ला भरीका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको छाता संगठन हो । यस अघि जिल्लाका ६ ओटा स्थानीय तहमा नगर महासंघ गठन भईसकेको थियो ।

दोस्रो जिल्ला अधिवेशनको उद्घाटन शत्रको उद्घाटन गर्दै प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका अध्यक्ष शंकर प्रसाद थारुले सरकारले ठुलो लगानी गरेर बनाएका खानेपानी आयोजनाहरु अलपत्र रहेको बताउँदै उपभोक्ता समितिहरुले आयोजनाहरुलाई व्यवस्थीत बनाउँदै लैजानु पर्ने बताए ।

उनले सरकारले धेरै आयोजनाहरु निर्माणका लागि न्युन बजेट छुट्याएर निर्माण नै अलपत्र पारेको बताए ।

मानिसलाई लाग्ने ८५ प्रतिशत रोगहरु दुषित् पानिको कारणले लाग्ने भएकोले स्थानीय सरकार देखि संघिय सरकार सम्मले यसमा ध्यान दिई खानेपानी र सरसफाइमा लगानी बढाई स्वास्थ्यमा लाग्ने लगानीलाई कम गर्नुपर्ने बताउनु भयो ।

उनले भने बर्दिया जिल्लामा पर्याप्त पानी छ तर दुषितको हिसाबले नेपाल कै तेस्रो स्थानमा छ तर यहाँका गाउँपालिका र नगरपालिकाले खानेपानी र सरसफाइमा छुट्याउने बजेट न्युन रहेको छ ।