
काठमाडाैं, २६ फागुन । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तिव्र गतिमा फैलिरहेको छ ।
पछिल्लो प्राप्त तथ्यांक अनुुसार अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या २२ पुगेको छ ।
गत विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को अनुसार गत सोमबारदेखि हिजो आइतबारसम्म २० जनको ज्यान गएको । अघिल्लो आइतबारसम्म अमेरिकामा दुई जनाको मात्रै मृत्यु भएको थियो ।
अमेरिकामा हालसम्म ५ सय ५४ जनामा कोरोनो संक्रमण देखा परेको छ भने ८ जना जटिल अवस्थामा छन् । १५ जना पूर्ण रुपमा निको भइसकेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।















प्रतिक्रिया