बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

‘महिला बिभेदको जड अन्त्य गर्न फेरि पनि वर्ग संघर्षको खाँचो छ’

जहाँ वर्ग संघर्ष हुन्छ त्यहाँँ कुनै न कुनै निश्चित निचोड निस्कन्छ

लक्ष्मी के.सी २०७६ फागुन २५ गते ९:३९

महिलालाई पितृसत्तासँग जोडेर यी तीन कुराले अझै पछि पारेको छ । पहिलो, महिला भनेको जन्मिँदै पुरुषभन्दा बुद्धि र शरीर दुवै कमजोर हुन्छ भन्ने यो पितृसत्ताको मूल मान्यता हो । दोस्रो, महिला भनेको भोग्या हुन् जसलाई पुरुषले भोग्नका लागि जन्मिएको हो । तेस्रो, महिला भनेको सुन्दर प्रजाति हो । अहिले पनि धेरै शिक्षित महिलाहरूसमेत बौद्धिक र शारिरिक रूपमा पुरुषभन्दा कमजोर नै हुन्छ भन्ने बुझाइ पनि छ ।

मार्क्सवादका अनुसार सबैभन्दा क्रान्तिकारी वर्ग मजदुर हो, अर्थात् मजदुर वर्गले नेतृत्व नगरी क्रान्ति नै हुँदैन । जहाँ वर्ग संघर्ष हुन्छ त्यहाँँ कुनै न कुनै निश्चित निचोड निस्कन्छ मार्च ८ को सन्दर्भमा जाँदा समान काम र समान ज्यालाका निम्ति सन् १८५७ मा अमेरिकाका गार्मेन्टमा श्रम गर्ने महिला मजदुरहरूले हडताल गरेका थिए त्यहाँ केही बलिदान पनि भयो महिला मजदुरले लिएको त्यो पहलकदमी त्यतिवेला निकै नै महत्वपूर्ण थियो । त्यसको सम्झनामा सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनले क्लारा जेट्किनलगायतका महिलाको प्रस्तावमा सोही दिनलाई ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’का रूपमा मनाउने प्रस्ताव पारित गर्यो‘ । त्यसैबेलादेखि ८ मार्च मनाउन सुरु भयो, तर यो दिवस विश्वव्यापी भएको थिएन ।

सन् १९१७ मा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भएपछि सोभियत कम्युनिस्ट पार्टीले सरकारी मान्यता नै दिएर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाउने घोषणा गरे । सन् १९२० मा लेनिनले त्यसको आवश्यकताबारे एउटा लेख पनि लेखे । त्यसपछि संसारभरका कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थाले ।

महिलालाई भोट हाल्ने अधिकार कम्युनिस्ट पहलमा नै व्यापक भएको हो । महिला मुक्तिका बारेमा सबैभन्दा स्पष्ट र वैज्ञानिक अवधारणा मार्क्सवादले अघि सार्योे । नेपालमा अहिले तीनतहको सरकार छ । शक्तिशाली पार्टीका रुपामा नेपाल कम्युनिष्ट पार्टी छ । तर, महिलालाई विकल्पको रुपमा दोस्रो दर्जा दिएको छ । प्रतिशत को लडाईँ मा छन अझै पनि महिला । महिलालाई विकल्पको दर्जाको अन्त्य गर्न पार्टी भित्रका महिला संघसंगठनहरुले दिवस मनाउने मात्रले के संदेश दिन्छ ?

जहाँ वर्ग हुन्छ त्यहाँ संघर्ष हुन्छ वर्गसघंर्ष मानवजातिको प्रगतिको चुरो कुरा हो । दास युगमा दास र मालिकबीच संघर्ष भयो । दास र मालिकबीचको संघर्षको परिणाम स्वरुप दास व्यवस्थाको अन्त्य हुन पुग्यो र सामन्तवादी व्यवस्थाको सुरुवात भयो । हरेक व्यवस्था पुरानो व्यवस्थाभन्दा प्रगतिशील हुन्छ ।

सामन्तवादी व्यवस्था पनि दास व्यवस्थाभन्दा प्रगतिशील थियो । जहाँनिय राणाशासन ,निरंकुश पन्चायती ब्यवस्था र शाही शासनको कठिन अवस्थामा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाहरूले गरेको आन्दोलन समानता र शशक्तिकरण लागि मात्र नभइ राजनीतिक चेतना र जागरण अभियानका रुपमा मनाईदै आएको थियो ।

लिङ्गका आधार गरिने भेदभावलाई अन्त्य गर्नका निमित्त अझै पनि जागरण अभियानहरुको आवश्यकता छ । विभेद पदिय रुपमा होस, आत्मसम्मानको कुरामा होस या अन्य कुरामा बिभेदको जडको अन्त्य गर्न फेरि पनि वर्ग संघर्षको खाँचो छ । जब सम्म महिलाहरु खुल्ला रुपमा सुरक्षित महसुस गरेर हिँड्न बोल्न सक्दैन तब सम्म वर्गको संघर्षको जरुरी रहन्छ । ११०औं अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस भब्य रूपमा मनाऔं “भन्ने मूल नाराका साथ यस वर्षको महिला श्रमिक दिवस मनाईदै छ । यस दिवसले न्याय समानताको आन्दोलन जारी छ भन्ने सन्देश दिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित