सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

एनआईसी एशिया क्यापिटलको तेश्रो वर्ष पूरा,सेवामा विशेष छुट

दैनिक नेपाल २०७६ फागुन २३ गते ८:२५

काठमाडौं, २३ फागुन । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो तीन वर्ष पूरा गरेको छ ।

संचालनमा आएको छोटो समयमा नैं मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको एआईसी एशियाले जनाएको छ ।

मर्चेण्ट बैंकिङ्ग ब्यवसायमा तिब्र रुपमा प्रतिशपर्दा रहदा समेत एन आई सी एशिया क्यापिटल संचालनमा आएको तीन वर्षको छोटो अवधिमै धेरै उपलब्धी हाशिल गर्न सफल भएको जनाइएको छ ।

मर्चेण्ट बैंकरहरूमध्ये पहिलो आईएसओ क्यापिटल, निक्षेप सदस्य तर्फ १ लाख ८३ हजार भन्दा बढी हितग्राही खाता, लगानी व्यवस्थापन सेवा तर्फ ३०० ग्राहकहरुलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको, नेपालमै पहिलो पटक आईपीओ ३७ घन्टमा बाँडफाँट गर्न सफलता लगायतका रहेका छन् ।

क्यापिटलले आफ्नो तेश्रो वार्षिक उत्सवको अवसरमा नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष छुट योजना ल्याएको छ । जस अन्तर्गत फागुन २२ गतेदेखि असार मसान्तसम्म नि–शुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ ।

यसको साथै फागुन २२ गतेदेखि चैत मसान्तसम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित