सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

सानिमा बैंक र आईएमएस स्मार्टबीच सम्झौता

दैनिक नेपाल २०७६ फागुन २३ गते ८:११

काठमाडौं, २३ फागुन । सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा.लि.बीच सानिमा बैंकका ग्राहकहरूलाई सामसुङको मोबाइल सेट सहज रुपमा मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोन रिकमेन्डेड रिटेल मूल्यमा खरिद गर्न सक्नेछन् ।

बैंकको क्रेडिट कार्ड प्रयोगकर्ताले आकर्षक ब्याज दरका साथ १८ महिना सम्मको मासिक किस्ता भुक्तानी गर्न सक्नेछन् ।

अन्तर्राष्ट्रिय बजारमा लन्च गरिएको ग्यालेक्सी एस २० र ग्यालेक्सी २० प्लस विशेष मूल्यमा प्रिबुक गर्दा प्रिबुकिङ उपहार समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस नेपाल प्रा. लि.को तर्फबाट सेल्स तथा अपरेसन म्यानेजर नारायणप्रसाद भुषालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित