सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

प्रख्यात एल एन्ड टी ब्राण्डका स्वीच र स्वीच गियर क्षमादेवीले भित्रायो

दैनिक नेपाल २०७६ फागुन २२ गते ११:४५

काठमाडौं, २२ फागुन । प्रख्यात रहेको एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियर नेपालमा क्षमादेवी समूहले भित्राएको छ ।

नेपालका लागि आधिकारिक विक्रेता नियुक्त भएसंगै क्षमादेवी समूहले मोडुलर स्वीच र स्वीच गियरहरु नेपाली बजारमा ल्याएको जानकारी दिएको छ ।

सोल्टी क्राउन प्लाजामा  डिलर मिट कार्यक्रम गरी भारतमा उत्पादन भएको उक्त मोडुलर स्वीच तथा स्वीच गेयर सार्वजनिक गरिएको थियो ।

समूहका प्रमुख होमबहादुर बस्नेतले गुणस्तरीय विद्युतीय सामग्री बजारको मागअनुसार लैजानका लागि बहुराष्ट्रिय कम्पनी एल एण्ड टी ब्राण्डको आधिकारीक विक्रेत बनेको बताए ।

एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियरहरु विभिन्न रङ तथा फरक मूल्यमा बजारमा उपलब्ध गराएको कम्पनीले जनाएको छ । ३ लाख पटक अन अफ गर्न सकिने स्वीचमा कम्पनीले १२ वर्षको ग्यारेन्टी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित