सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

सुन साह्रै महँगो : प्रति तोला ८० हजार ५ सय

दैनिक नेपाल २०७६ फागुन २१ गते १२:४३

काठमाडौं, २१ फागुन । नेपाली बजारमा सुन अत्यधिक महँगो भएको छ । बुधबार सुनको मुल्य प्रति तोला ८० हजार ५ सय पुगेको छ ।

एक दिनमै तोलामा २२ सयले बढेको हो । मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सय कारोबार भएको थियो ।

आजका लागि तेजाबी सुनको मूल्य ८० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँमा कायम छ ।

प्रतिक्रिया
सम्बन्धित