सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

फोर्डको २०२० संस्करणको ईकोस्पोर्ट बजारमा

दैनिक नेपाल २०७६ फागुन २१ गते ९:२६

काठमाडौं, २१ फागुन । फोर्ड नेपालको लागि आधिकारिक विक्रेता जी.ओ. अटोमोबाईल्स प्रा.लि ले २०२० संस्करण फोर्ड ईकोस्पोर्ट सार्वजनिक गरेको छ ।

भारत स्टेज भीआईमा आधारित २०२० स्ांस्करणको ईकोस्पोर्ट पुरानो मूल्यमा नै निरन्तरता दिई सार्वजनिक गरिएको विज्ञप्तिमा जनाइएको छ ।

२०२० मा सार्वजनिक यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ ।

२०२० ईकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएसभीआईमा आधारित एक दशमलव पाँच लिटर टीडीसीआई डिजल ईन्जिन रहेको छ । जसले एक सय पीएस पावर र दुई सय १५ एनएम टोरकी के प्रदान गर्दछ । यो म्यानुअल ट्रान्समिशनमा उपलब्ध छ ।

प्रतिक्रिया
सम्बन्धित