६ कार्तिक २०८३, शुक्रबार

एनआईसी एशिया बैँकको लामाचौरमा शाखारहित सेवा सञ्चालन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १९ फागुन ।   एनआईसी एशिया बैँकले प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नम्बर-९ लामाचौरमा आफ्नो ५५औँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

आइतबार एक कार्यक्रमकाबीच वडाध्यक्ष नरबहादुर बुढामगर बैंकिङ सेवाको उद्घाटन गरे । बैँकले शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा गोपाल कृष्ण बुढामगरलाई नियुक्त गरेको छ ।

बै‌किङ सेवा सञ्चालनमा आएपछि अब स्थानियले आफ्नै गाउँमै स्थानिय प्रतिनिधि मार्फत सेवा लिन सक्नेछन् । स्थानियले बैँकको निक्षेप खाता खोल्न, रकम जम्मा गर्न तथा झिक्न, मोबाइल रिचार्ज गर्न, एडिएसएल, डिस होम आदिको महशुल तिर्न सक्नेछन् ।

एनआईसी एसिया बैँकले मुलुकभर ३१९ शाखा, ४५१ एटिएम, १०७ एक्स्टेन्सन काउन्टर एवं ५५ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैँकले गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैँया बढी राजस्व नेपाल सरकारलाई बुझाएको छ ।