६ कार्तिक २०८३, शुक्रबार

आइतबार पनि सुनको मूल्यमा गिरावट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन ।  आइतबार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँले घटेको हाे ।

सुनको भाउ आइतबार तोलाको ७८ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर सुन तोलाको ७९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आइतबार तोलाको आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।