मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

गैँडा गणना चैत १ गतेदेखि हुने

दैनिक नेपाल २०७६ फागुन १४ गते ९:५७

काठमाडाैं, १४ फागुन । दुर्लभ एक सिङ्गे गैँडाको गणना यही चैत १ गतेदेखि सुरु गरिने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाको सम्पूर्ण तयारी अघि बढाइएको छ ।

फागुनको अन्तिम हप्ता प्राविधिक कर्मचारीलाई तालिम दिएर गणना गर्न लागिएको हो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरणमा गैँडा गणना गरिने छ भने दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने श्रेष्ठले जानकारी दिनुभयो । नेपालका चार वटा निकुञ्जमा गैँडा रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणनाका लागि ३५ वटा हात्ती र ६० प्राविधिक जनशक्ति परिचालन गरिँदै छ । प्रत्यक्ष रुपमा गणना गरिँदै छ । २० दिनमा गणना गरिसक्ने योजना छ ।

 

प्रतिक्रिया
सम्बन्धित