शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

नेपाली बजारमा सुनको मूल्यको इतिहासमै नयाँ रेर्कड

दैनिक नेपाल २०७६ फागुन ८ गते १२:५५

काठमाडौं, ८ फागुन ।  नेपाली बजारमा सुनको मूल्यले बिहिबार नयाँ रेर्कड कायम गरेको छ । बिहिबार सुन तोलाको ७७ हजार ६ सयमा कारोबार भइरहेको छ ।

नेपाली सुन चाँदी व्यवसायी संघले जनाए अनुसार सुनको मूल्य इतिहासमै पहिलो पटक ७७ हजार नाघेका हो । बुधबारको तुलनामा आज बजारमा सुनको मूल्य ५ सय रुपैँयाले बढेको छ । बुधबार बजारमा सुन तोलाको ७७ हजार १ सयमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलाको ७७ हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी प्रति तोला ९१५ कायम गरिएको छ । चाँदी तोलाको १० रुपैंयामा वृद्धि भएको हो ।

प्रतिक्रिया
सम्बन्धित