शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

सामसंगका पुरानो फोनसँग नयाँ स्मार्टफोनहरू साट्न सकिने

दैनिक नेपाल २०७६ फागुन ८ गते ८:२४

काठमाडौं, ८ फागुन । मोबाईलका लागि आधिकारिक विक्रेता आइएमएसले आफ्ना अधिकांश आईएमएस स्मार्ट शोरूमहरूमा सामसंग एक्सचेन्ज सुविधा ल्याएको छ ।

ग्राहकहरुले अब आफ्ना पुराना सामसंग स्मार्टफोनहमा राम्रो मूल्याङ्कन प्राप्त गर्न सक्ने जनाइएको छ । यस सुविधामार्फत सामसंग स्मार्टफोन एक्सचेन्ज गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ् ।

इच्छुक ग्राहकहरूले केवल आइएमएस स्मार्ट आउटलेटहरूमा गई आफ्नो पुरानो स्मार्टफोनको विवरण दिनुपर्नेछ ।

कम्पनीले पुरानो स्मार्टफोनको उचित मूल्याङ्कन वेब पोर्टलमार्फत दिनेछ साथै एक्सचेन्ज फारम भर्न अनिवार्य छ । त्यसपछि ग्राहकहरूले आफ्नो पुरानो सामसंग स्मार्टफोनको सट्टामा नयाँ सामसंग स्मार्टफोन छनौट गर्न सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित