१३ कार्तिक २०८३, शुक्रबार

बलात्कारी बाबुलाई लाई ३७ वर्ष कैद सजाय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन ।  छाेरीलाई बलात्कार गर्ने बाबुलाइै जिल्ला अदालत मकवानपुरले ३७ वर्षको जेल सजाय फैसला गरेको छ ।

एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरुप पीडकबाट उपलब्ध गराउन पनि अदालतले आदेश जारी गरेको छ ।

जिल्ला न्यायाधीश दिल्लीरत्‍न श्रेष्ठको सोमबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका—८ का ४९ वर्षीय बाबलाई किशोरी छोरी बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

२०७५ चैत २ गते १७ वर्षीया छोरीलाई राति घरमा सुतिरहेको अवस्थामा छुरी देखाएर उनले बलात्कार गरेका थिए ।