आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

भृकुटीमण्डपमा सूचना प्रबिधि प्रदर्शनी, प्रदशनीमा युवाहरूको आकर्षण

दैनिक नेपाल २०७६ फागुन ६ गते ८:३०

काठमाडौं, ५ फागुन । काठमाडांैको भृकुटीमण्डपमा गत शुक्रबारदेखि जारी सूचना, प्रबिधि र मनोरञ्जनसम्बन्धी सबैभन्दा ठूलो मानिएको प्रदर्शनी ‘क्यान ईन्फोटेक २०२० ’को चौथो दिन सोमबार अवलोकनकर्ताको भिडले आयोजक र बिभिन्न ब्राण्डका कम्पनीका स्टलकर्ताहरू निकै उत्साहित भएका छन् ।

प्रदर्शनीमा बिशेष गरी प्रदर्शनीमा मोबाइल, ल्यापटप, टेलिभिजन, कम्प्युटर, प्रिन्टर, इन्टरनेट सेवाप्रदायक कम्पनी, टेलिकम कम्पनी तथा इलेक्ट्रिक कम्पनीले बिशेष छूटको ब्यवस्था गरेकाले पनि अवलोकनकर्ताको भिड छ ।

अवलोक गरिरहँदा एलजीको स्टलमा अवलोकनकर्ताको निकै भिडभाड देखिन्थ्यो अवलोकनकर्तासँग निकै ब्यस्त देखिन्थे एल जी ब्राण्डका सृजन पौडेल । एलजी ब्राण्डका प्रोडक्टका बारेमा अवलोकनकर्तालाई जानकारी गराउँदै थिए, उनी । भन्दै थिए, एलजी आफैमा ब्राण्डेड प्रोडक्ट भएर पनि होला यसमा अवलोकनकर्ताको राम्रो आकर्षण रहेको छ ।

‘बिशेष गरी युवापुस्ताको रुची धेरै छ’, उनले भने । अवलोकनकर्ताको राम्रो उपस्थितीले आफू निकै उत्साहित भएको पनि उनले बताए । प्रदर्शनीमा अवलोकनकर्तालाई लक्षित गरी एलजी ब्राण्डले सामान हेरेर २५ प्रतिशतसम्म प्रोडक्टहरूमा बिशेष छुटकोे ब्यवस्था समेत गरेको छ ।

बिगतका पर्षमा भन्दा यो वर्ष युवा पुस्ताको उपस्थिती मेलामा बढी भएको उनले दाबी गरे ।

बेला बेलामा हुने यस्ता सूचना सम्बन्धी प्रदर्शनीले ब्राण्डको प्रमोशन हुनुका साथै जान्न र बुझ्न चाहानेका लागि नयाँ प्रोडक्टको बारेमा एकै ठाँउमा पाउन सकिने राम्रो अवसर समेत भएको बताउँछन् टिपी लिकंका अशोक अग्रवाल ।

१९९५ देखि क्यान ईन्फोटेकमा स्टल राखेर आफ्ना ब्राण्डका बारेमा जानकारी दिदै आएका उनले बिगतका वर्षहरूमा भन्दा अहिलेको प्रर्दशनी ब्राडिगं प्लेटफर्मका लागि राम्रो भएको दाबी गरे ।

टिपी लिकंले राउटर, युएसबी स्विच, सेलिगङ राउटर लगायतको काम गर्दै आएको छ ।

प्रदर्शनीमा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुशन, सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एसेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनका स्टल समेत छन् ।

आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल, मोबाइल आदि समेत प्रदर्शनीका आकर्षणको रुपमा रहेका छन् ।

यो वर्ष क्यान इन्फोटेकमा स्टार्टअप र ईन्नोभेसनलाई विशेष महत्व दिएको क्यान महासंघका अध्यक्ष अध्यक्ष नवराज कुँवरले बताए । उनले ब्यापारभन्दा पनि सर्बसाधारणले प्रदर्शनी मार्फत डिजिटल प्रबिधिबारे जानकारी लिन सक्ने बताए ।

‘नयाँ प्रबिधिका बिषयमा चासो लिनेका लागि बुभ्ने र जान्ने राम्रो अवसर यस्ता प्रदर्शनी पनि हुने गरेका छन्’, उनले भने । बिगतका वर्षहरूमा भन्दा यो वर्ष प्रर्दशनीमा अवलोकनकर्ताको उत्साहसनक सहभागिता रहेको बताउँने कँुवरले ४ लाखले प्रदर्शनीको अवलोकन गर्ने दाबी गरे । फागुन २ गते शुक्रबारदेखि शुरु भएको प्रदर्शनी फागुन ७ गतेसम्म चल्नेछ । प्रदर्शनी १ सय ८६ स्टल रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित