शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

निजी क्षेत्रसँगको साझेदारीबाट मात्र देशमा समृद्धि आउँछ : उपाध्यक्ष ढकाल

दैनिक नेपाल २०७६ फागुन ५ गते १२:४०

काठमाडौं, ५ फागुन ।  नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले व्यवसायीक प्रवद्र्धनका लागि ढुक्कसँग कामगर्ने वातावरणको सृजना गरी उनीहरुसँग सही अर्थमा साझेदारी गर्न सकिएमा मात्र देशमा समृद्धि प्राप्त हुने बताएका छन् ।

दार्चुलामा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सवलाई आइतबार सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई सरकारले विकासको साझेदारका रुपमा लिएर हातेमालो गरेर अघि नबढ्दासम्म देशमा समृद्धि सम्भव नहुने धारण राखे ।

नेपालका तीनवटै तहका सरकारहरुले निजी क्षेत्रसँग सही अर्थमा र व्यावहारिक रुपमा साझेदारी गर्न सकेमा प्रदेशस्तरमा लगानी भित्रने र यसबाट समृद्ध नेपाल, सुखी नेपालीे सरकारको अभियान सार्थक बन्ने उहाँको धारणा रहेको थियो ।

निजी क्षेत्र देश विकासको तीन खम्बे अर्थनीतिमा दरिलो खम्बा हो र यससँगको सहकार्य र साझेदारीबाट मात्र देश समृद्ध बन्न सक्छ ढकालले बताए । उनले नेपाल नयाँ राजनीतिक संरचनामा प्रवेश गरेसँगै संघीय, प्रदेश र स्थानीय सरकारहरुले आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन प्रतिश्पर्धा गरेको देखिएकोले यसलाई व्यावहारिकतामा परिणत गरी तीनै तहका सरकारले निजी क्षेत्रको प्रवद्र्धन गरी अघि बढ्न सुझाव दिए ।

उपाध्यक्ष ढकालले आर्थिक क्षेत्र, व्यावसाय, श्रम, कर आदिका विषयमा नियम कानूनहरु निर्माण गर्दा सरोेकारवाला निजी क्षेत्रसँगको सल्लाह र परामर्शबाट ल्याउन सकिएमा यसको कार्यान्वयनमा सहयोग पुग्ने र अन्ततः यसबाट राज्य र नेपाली नागरिक नै लाभान्वित हुने धारणा पनि राखे । कार्यक्रमका प्रमुख अतिथि ईश्वर पोखरेललाई स्थानीय व्यवसायीहरुले स्थानीय स्तरका गुनासाहरु राखेपछि
नेपाल उद्योगा वाणिज्य महासंघको उपाध्यक्षका हैसियतले ढकालले सो धारणा राखेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित