६ कार्तिक २०८३, शुक्रबार

सुन तोलामा पाँच सयले बढ्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ४ फागुन ।   सुनको भाउ आइतबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आइतबार ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि सुन गएको पुस २३ गते नयाँ रेकर्ड बनाउँदै तोलाको साढे ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता घटबढ हुँदै गएको सुनको भाउ माघ १९ र २० गते पनि तोलाको साढे ७६ हजार रुपैयाँ पुगेको सुनको भाउले आज फेरि त्यही भाउ भेटेको हो ।

चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।