बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

सिटिजन्स बैंकद्वारा माया घरलाई आर्थिक सहयोग प्रदान

दैनिक नेपाल २०७६ फागुन २ गते ६:४७

काठमाडौं, २ फागुन । सर्वसाधारणलाई गुणस्तरीय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इटहरीस्थित माया घर नेपाललाई रू ८० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

मानसिक स्वास्थ्यमा समस्या भएको तथा सडकमा बेबारिसे भई जीवन र मृत्युको दोसाँधमा जीवन विताइरहेकाहरूलाई पुनःस्थापना गरी सिपमुलक तालिम संचालन गर्दै माया दिने छहारीमा राख्ने तथा पुर्नमिलन गराई जीवन दर्शन तथा आध्यात्मिक ज्ञानको मध्यमबाट समाजलाइ सुसंस्कार तपÞर्m डो¥याउने उद्देश्यले संचालित मायाघर नेपाल रकम प्रदान गरिएको छ ।

हाल माया घर नेपालमा विभिन्न उमेर समूहका असमर्थ असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका ५४ जनालाई उद्धार गरी माया घर नेपालमा ल्याई औषधि उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आई रहेको छ ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित