६ कार्तिक २०८३, शुक्रबार

प्रभु बैंक र एन प्याब्सनवीच बैंकिङ्ग कारोबार गर्ने सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । प्रभु बैंक लि. र सिनामंगल, काठमाडौंस्थित निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सनवीच बैंकिङ्ग कारोबार प्रभु बैंक मार्पmत गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय बबरमहल काठमाडौंमा एक समारोहका वीच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एन प्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक लि. र एन प्याब्सनसँगको सम्पन्न सम्झौता बमोजिम एनप्याब्सनको आधिकारिक बैंक प्रभु बैंक लि. हुनेछ । एन प्याब्सनले आप्mनो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्पmत् गर्नेछ ।

एनप्याब्सन अन्तर्गत सदस्यता ग्रहण गरेका निजी क्षेत्रका विद्यालयहरुले पनि आफूलाई पायक पर्ने प्रभु बैंक लि. को जुनसुकै शाखा कार्यालयमा खाता खोली विद्यार्थीबाट संकलन गर्ने शैक्षिक शुल्क बैंक मार्पmत् नै संकलन गर्न लगायत सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्पmत् गर्न सक्नेछन् ।