शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

‘एनआईसी एसिया बैंक’ र ‘खल्ती’बीच सम्झौता

दैनिक नेपाल २०७६ फागुन १ गते ७:४१

काठमाडौं, १ फागुन । एनआईसी एसिया बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

एनआईसी एसिया बैंकका तर्फबाट सीईओ रोशनकुमार न्यौपाने र खल्तीका तर्फबाट डाइरेक्टर अरविन्द साहले बैंकको थापाथलीस्थित प्रधान कार्यालयमा आयोजित हस्ताक्षर समारोहमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार अब एनआईसी एसिया बैंकका ग्राहकहरूले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरूको डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित