शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रभु बैंकका ३ वटा शाखा कार्यालयहरू सञ्चालन

दैनिक नेपाल २०७६ फागुन १ गते ७:१२

काठमाडौं, १ फागुन । प्रभु बैंकले थप शाखा सञ्जालसहित आफ्नो बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

बुधबार पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ति शेरचनले एक समारोहका वीच उद्घाटन गरेकी हुन् ।

पोखरा महानगरपालिकाको वडा नं. १३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष लेखबहादुर तामाङ्गले उद्घाटन गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं. २६ स्थित अर्घौंचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले एक समारोहका वीच उद्घाट्न गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित