शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

आएइमई ग्रुपका अध्यक्ष ढकाललाई एसियन लिडरसिप अवार्ड

दैनिक नेपाल २०७६ माघ २७ गते ७:४०

काठमाडौं, २७ माघ । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’बाट सम्मानित भएका छन् ।

एसियाली व्यवस्थापन संघहरूको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल व्यवस्थापन संघद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले ढकाललाई सो सम्मान प्रदान गरेका हुन् ।

राष्ट्रिय उद्यमशिलताको विकास गरी नेतृत्वदायी भूमिकामा रहेका र देशको आर्थिक विकास र समृद्धिका लागि व्यवसायको माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएका कुशल एवम् सफल व्यवस्थापकलाई आमोले हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ ।

सन् २०२० का लागि नेपालबाट ढकाललाई यो अवार्ड प्रदान गरिएको हो ।

नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक तथा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष ढकाललाई नेपालको व्यावसायिक क्षेत्रमा उहाँको कुशल, सफल र प्रेरणादायी नेतृत्वका लागि यो अवार्ड प्रदान गरिएको उक्त संस्थाले जनाएको छ ।

अवार्ड प्राप्त भएपछि ढकालले आफूलाई यस अवार्डले आगामी दिनमा अझ उत्साहका साथ अघि बढ्न प्रेरणा मिलेको प्रतिक्रिया दिए ।

उनले यो सम्मान आफूले ग्रहण गरे पनि वास्तवमा नेपालको समग्र निजी क्षेत्रप्रति गरिएको एक सम्मान हो भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित