५ कार्तिक २०८३, बिहिबार

बैंक अफ काठमाण्डूका ग्राहकलाई एक सय उपलब्ध हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसबीच बैंक अफ काठमाण्डूका ग्राहकले आफ्नो खातालाई कनेक्टआईपीएसमा पहिलो पटक रजिष्ट्रेशन गर्दा रु १०० ग्राहकको खातामा उपलब्ध गराउने सहमति भएको छ ।

बैंकका ग्राहकले कनेक्टआईपीएसमा आफ्ना खातालाई पहिलो पटक लिंक गरी बैंकबाट भेरिफाइ पश्चात् ग्राहकको आफ्नै खातामा रु १०० जम्मा हुनेछ ।

ग्राहकले कनेक्टआईपीएसमा रजिस्ट्रेशन पश्चात् घरमा बसीबसी आफ्नो आवश्यकता बमोजिमको रकमान्तर तथा अन्य सुबिधाहरुको सजिलै उपयोग गर्न सक्नुहुने जानकारी बैंकले गराएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।