बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

निर्वाण चौधरीको शव्दमा लुकेको ‘नियोजित’को अर्थ के हो ?

दैनिक नेपाल २०७६ माघ २६ गते १७:४८

काठमाडौं, २६ माघ । आक्रामक अफरसहित नेपाली बजारमा आउन लागेको सीजी टेलिकमलाई अनुमतिलगायतका विविध कानुनी अड्चन छन् । सरकारको नियमित पत्रकार सम्मेलनका बेला सञ्चारमन्त्री गोकुल बास्कोटाले २० अर्ब तिरे सीजीलाई अनुमति दिन सकिने बताएका थिए ।

सरकारको अनुमति नपाएका कारण नै सीजीले दूरसञ्चार कम्पनी चलाउन सकेको छैन । आधारभूत काम सबै पूरा भइसकेको छ । तर, कहाँनेर रोकियो त ?

प्रश्न आयो युनिफाइड लाइसेन्सको विषय । यहि लाइसेन्सका लागि सरकारलाई सीजीले २० अर्ब तिर्नुपर्छ भन्ने सञ्चारमन्त्रीको भनाई थियो ।

तर सीजी त्यो मान्न तयार छैन । उसले नेपाल दूरसञ्चार प्राधिकरणले पत्र पठाएर नै प्रक्रिया पूरा भएको, कुनै रकम तिर्न बाँकी नरहेको दाबी गरेको छ । कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीले आइतबार पत्रकार सम्मेलन गरेरै यो विषयमा बोलेका छन् ।

हामीले तीन बर्षअघि नै प्रक्रिया पूरा गेका छौं । भ्वाइस निःशुल्क गर्ने र डाटा सेवाको मूल्य अहिलेको भन्दा आधा घटाउने योजनाका साथ आउन लागेका छौं । तर यसलाई रोक्दा उपभोक्ताको लाभ खोसियो, उनले भने ।

यति भन्दै गर्दा मन्त्री बास्कोटाको भनाईचाहिँ नियोजित अथवा अरु पनि हुनसक्ने उनको अर्थ थियो । उनले कसैको पनि नाम लिएनन् । तर, नीजि क्षेत्रको कम्पनीका रुपमा स्थापित एनसेलका कारण नै प्रभावित भएको हुनसक्ने प्रष्ट संकेत गरेका थिए ।

पत्रकार सम्मेलनमा उनले भने,‘अरु कम्पनीले यस्तो बक्यौता तिर्न सकेका छैनन्, सरकारले किस्ताबन्दीमा तिर्न सुविधा दिएको छ । हामी त सबै बक्यौता तिरेर युनिफाइड लाइसेन्स लिन तयार छौं । तर हामीलाई किन रोकिँदैछ ?

उनले सांकेतिक रुपमा आक्रामक भएर आएको सीजी नै एनसेलको खरो स्पर्धी भएका कारण रोक्ने खेल भएको हुनसक्ने बताए ।

खासगरी नयाँ आउने कम्पनीले २० अर्ब सुरुमै तिर्नुपर्ने कानुनी अड्चन पनि कहीँ छैन । यसलाई प्रष्ट बनाउँदै चौधरीले भने,‘१० वर्षपछि अनुमति नवीकरण गर्दा तिर्नुपर्ने २० अर्बलाई लाइसेन्स लिँदा नै तिर्नुपर्ने भनेर मन्त्रीले भ्रम छर्न खाजियो ।

हाल नेपाल टेलिकम वा एनसेलले फाइभ जी रेडी प्रविधि दिन सकेका छैनन् । सीजीले उक्त तयारी गरेर बजारमा आक्रामक व्यापारको तयारी गरेको छ । योसँगै उसले डाटा र भ्वाइसकल पनि फ्रि दिने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित