५ कार्तिक २०८३, बिहिबार

सुन तोलामा चार सय रुपैयाँ बढ्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ ।  सुनको भाउ आज आइतबार तोलामा ४ सय रुपैयाँ बढेको छ ।

सुन आज तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि तोलामा ४ सय रुपैयाँ नै बढेर सुनको भाउ तोलाको ७५ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

अन्तराष्ट्रिय बजारमा सुनको माग बढेपछि भाउ बढ्ने गरेको छ । अहिले चीनमा फैलिरहेको कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्रमा नै असर गर्ने देखिएकाले भाउ अनिश्चित बनेको महासंघले जनाएको छ ।

आज चाँदी भने तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।