शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

मेगा बैंकको सिइओलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’

दैनिक नेपाल २०७६ माघ २६ गते ७:३५

काठमाडौं, २६ माघ । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यबस्थापक अवार्ड’बाट सम्मानित भएकी छिन् ।

नेपाल व्यवस्थापन संघ (म्यान)ले साधारण सभाको अवसर पारेर सिइओ खुञ्जेलीलाई यो सम्मान प्रदान गरेको हो । शुक्रबार विशेष समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले सिइओ खुञ्जेलीलाई अवार्ड प्रदान गरेका हुन् । ‘क’ वर्गको वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर हुन् ।

उत्कृष्ट महिला व्यबस्थापक अवार्डबाट सम्मानित भएपछि खुसी व्यक्त गर्दै सिइओ खुञ्जेलीले सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद एवं आभार व्यक्त गरिन् ।

यो अवार्डलाई आफूले मेगा बैंक सञ्चालक समिति, संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरूको विश्वासको रुपमा लिएको उनले बताइन् ।

खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । ९ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गरेकी खुञ्जेलीले २०७५ वैशाखबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेकी हुन् ।

उनको नेतृत्वमा यो अवधिमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएको छ । बैंक अफ दि एयर जस्तो प्रतिष्ठित सम्मान समेत प्राप्त गरेको छ ।

सन् १९९१ मा तत्कालीन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर शुरु गरेकी खुञ्जेलीसँग २८ वर्षको बैंकिङ करिअरको अनुभव छ ।

प्रतिक्रिया
सम्बन्धित