शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सुनको मूल्य बढ्यो

दैनिक नेपाल २०७६ माघ २४ गते १४:०८

काठमाडौँ, २४ माघ । दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ४०० ले बढेको छ ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ३०० तोकेको छ ।

बुधबार र बिहीबार छापावाला सुन प्रतितोला ७५ हजार २०० र तेजाबी सुन प्रतितोला ७४ हजार ९०० मा खरिद बिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।

चाँदी प्रतितोला १० ले बढेर रु ८८५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित