
काठमाडौं, २३ माघ । बिहिबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।
सुन तोलाको ७५ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार तोलामा आठ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्यमा पनि बिहीबार घटबढ भएको छैन । चाँदी तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।















प्रतिक्रिया