बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

लागुऔषध चरेससहित एक पक्राउ

दैनिक नेपाल २०७६ माघ २१ गते १५:०८

काठमाडाैं, २१ माघ ।     महानगरीय प्रहरी वृत्त कालीमाटीले लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीले विशेष सूचनाको आधारमा छापा मार्दा नागार्जुन नगरपालिका स्युचाटारबाट चरेससहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको थाहानगपालिका- ७ घर भएका र हाल नागर्जुन नगरपालिका स्युचाटारमा डेरा गरी वस्ने ५४ वर्षीय कुमार भन्ने रामबहादुर थापा रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायव उपरीक्षक रूगम कुँवरले जानकारी दिए । थापालाई उनकै डेराबाट पक्राउ गरिएको हो ।

प्रनाउ कुँवरले भने, ‘विगत लामो समयदेखि चरेस तस्करीको काम गर्ने र मकवानपुरको मनहरीबाट चरेस ओसारपसार गर्दै आएको भन्ने सुचनाको आधारमा उनलाई निगरानीमा राखेका थियौँ । र अन्ततस् चरेससहित पक्राउ गरेका हौँ । उनले युवाहरूलाई सानो-सानो परिणामको चरेसलाई पनि महङ्गोमा बिक्री गर्दै आएका थिए ।’

थापाको साथबाट ४ केजी १८ ग्रामीण चरेस बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित