शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

जलेको अवस्थामा शव फेला

दैनिक नेपाल २०७६ माघ २१ गते १४:५९

झापा, २१ माघ ।   झापाको चारपाने–२ मा एकजना पुरुषको जलेको अवस्थामा शव फेलापरेको छ ।

चारपानेचोकदेखि २०० मिटर दक्षिणमा जलेको अवस्थामा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतकको पहिचान हुनसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले ढुंगाले हानेर घाइते बनाइएका युवकलाई परालको कुन्युमा आगो लगाएर हत्या गरिएको हुनसक्ने बताए ।

स्थानीय एक व्यक्ति हराइरहेकाले मृतक तिनै व्यक्ति हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित