९ मंसिर २०८३, बुधबार

कार्यकर्ता ठगेको भन्दै सांसद चौधरीविरुद्व उजुरी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २१ माघ ।   कांग्रेसकी सांसद पार्वता डिसी चौधरीविरुद्व आफ्नै कार्यकर्ता ठगेको भन्दै संसद सचिवालयमा उजुरी परेको छ ।

दाङका कांग्रेसका कार्यकता लीलाबहादुर थापा र कृष्णराज पाण्डेको पैसा लिएर सांसद चौधरीले फिर्ता नगरेको भन्दै संसद सचिवालयमा उजुरी हालेका हुन् ।

सांसद चौधरीले पाण्डेको तीन लाख रुपैँया २०७४ साल असोज २६ गते लिएको र थापाको पाँच लाख रुपैँया २०७४ असोज १७ गने लिएर फिर्ता नगरेको उजुरीमा उल्लेख गरिएको छ ।

चौधरीलाई आफ्नो पैसा फिर्ता गर्न बारम्बार आग्रह गर्दा पनि नमानेको र कांग्रेस नेतृत्वसँगसमेत कुरा गर्दा पनि कुनै सुनुवाई नभएपछि सचिवालयमा उजुरी गर्न बाध्य भएको उनिहरुले बताएका छन् ।

सांसद चौधरीले भने आरोपको खण्डन गर्दै निराधार आरोप भनेकी छिन् ।