९ मंसिर २०८३, बुधबार

वडाध्यक्ष र शिक्षकमाथि निर्घात कुटपिट

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, २१ माघ ।  जुगल गाउँपालिका–५ का अध्यक्ष सनतकुमार अधिकारीसहित दुई शिक्षकमाथि सामूहिक रुपमा निर्घात कुटपिट भएको छ ।

बराम्ची विद्यालयको वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष र शिक्षकमाथि निर्घात कुटपिट भएको हो । कुटपिटबाट बडाध्यक्ष सनतकुमार अधिमारी, सोही विद्यालयका प्रधानध्यापक छन्दप्रसाद काफ्ले र शिक्षक पुष्पराज तिमल्सिना घाईते भएका छन् ।

उनिहरुको अहिले उपचार भइरहेको छ । सोही वडाका वडा सदस्य यमबहादुर मगरसहित ७ जनाको टोलीले कुटपिट गरेको हो ।

जुगल–५ कै स्थानीय ७ जनाले वडाध्यक्षसहित शिक्षकलाई रड, टेबुल र बेन्‍चले प्रहार गरेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

कुटपिटमा संलग्न ६ जनालाई पक्राउ गरिएको र एक जना भने फरार रहेको डिएसपी काफ्लेले जानकारी दिए ।

माओवादी केन्द्रबाट जुगल वडा ५ मा बिजयी वडासदस्य यन्दबहादुर मगरले पहिलेदेखि ज्यान मार्ने धम्की दिँदै आएको वडाध्यक्ष अधिकारीले बताए।