शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

आज विश्व क्यान्सर दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

दैनिक नेपाल २०७६ माघ २१ गते ११:११

काठमाडौँ, २१ माघ । आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । म हुँ र म गर्छु’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व क्यान्सर दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय र क्यान्सर रोग निवारणका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन् । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्षको फ्रेबु्रअरी चार तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

वर्षेनी विश्वभर लाखौं मानिसको क्यान्सरका कारणले मृत्यु हुने गर्छ । विश्वमा हुने कुल मृत्युको करिव १३ प्रतिशत मानिस कुनै न कुनै क्यान्सरका रोगी रहेको डब्लुएचओको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो समय नेपालमा फोक्सो, मुख , घाँटी, पाठेघर र स्तनको क्यान्सरका बिरामी बढ्दै गएका छन् । नेपालमा वार्षिक झण्डै ११ हजार नयाँ क्यान्सरका बिरामी देखापर्ने गरेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित