शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सर्लाहीका पूर्वपश्चिम राजमार्ग प्रहरी अधिकृत विहीन

दैनिक नेपाल २०७६ माघ २१ गते १०:४४

सर्लाही, २१ माघ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही जिल्लाको तीन इलाका प्रहरी कार्यलयमा प्रहरी निरीक्षक नहुँदा मुचुल्का हस्ताक्षरमा समस्या परेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी,हरिवन र जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरमा प्रहरी निरीक्षक नहुँदा सर्वसाधारणलाई समस्या परेको हो । ती तीनै कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहेको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापा तालीम, जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका प्रहरी निरीक्षक सूर्यनारायण यादव घर बिदा र इलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराई काजमा सरुवा हुनुभएको बताइएको छ । जिल्लाका पूर्वपश्चिम राजमार्ग प्रहरी अधिकृत विहीन बनेको छ ।

अहिले कुनै मुचुल्कामा हस्ताक्षर गर्नुपर्दा इलाका प्रहरी कार्यलय हरिपुरका प्रहरी निरीक्षक पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ । दुर्घटना सहित आत्महत्यालगायतका मुचुल्कामा हस्ताक्षर ढिलो हुने गरेको एक प्रहरी कर्माचारीले बताएका छन् ।

केही समस्या हुँदा अर्को स्थानबाट भए पनि प्रहरी निरीक्षकको व्यवस्था गरेर काम गरेको सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित