शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कुखुराको मासु अहिलेसम्मकै महँगो

दैनिक नेपाल २०७६ माघ २१ गते १०:३४

काठमाडाैं, २१ माघ । नेपाली मासु बजारमा कुखुराको मासुको मूल्य अहिलेसम्मकै महँगो भएकोे छ । अहिले कुखुराको मासु प्रतिकिलो ४ सय २० सम्म पुगेको छ । व्यवसायीले मनोमानी रुपमा मासुको मूल्य बढाउदा उपभोक्ता मारमा परेका छन् ।

मूल्य बढाउनकै लागि मंसिर २७ मा सम्पन्न व्यवसायीको भेलाले पोल्ट्रीले सेटर मेसिनमा सेट गरिएका ह्याचिङ अण्डा मंसिर २९ देखि पुस ६ सम्म नष्ट गर्ने निर्णय गरेको थियो ।

मंसिर २९ देखि पुस ८ सम्म ह्याचरीबाट उत्पादित ब्रोइलर चल्ला, कलर ब्रोइलर चल्ला र क्रोइलर चल्ला बिक्री–वितरण तथा ओसारपसार बन्द गर्ने निर्णय गरेका थिए । सोहीअनुसार उनीहरूले नेपालका विभिन्न पोल्ट्री फार्मबाट कुखुराका चल्ला नष्ट गरे ।

पुस पहिलो साता कुखुरा मासु प्रतिकिलो २ सय ५०, दोस्रो साता २ सय ७० र तेस्रो साता २ सय ९० रुपैयाँ पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । माघ दोस्रो सातासम्म ४ सय रुपैयाँ र तेस्रो सातादेखि प्रतिकिलो ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

चिसोका कारण बजारमा मासुको उत्पादनमा कमि र अहिले बिवाहको सिजनका कारणले माग धेरै भएकाले मूल्य बढेको जस्ता बहान व्यवसायीले बनाउने गरेका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनमा चुस्तता नदेखाउदा व्यवसायीको ठग धन्दा मौलाएको छ ।

प्रतिक्रिया
सम्बन्धित