बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

स्वदेशमै बनेको आल्मुनियम ह्वीलचियर वितरण

दैनिक नेपाल २०७६ माघ २१ गते १०:१३

काठमाडाैं, २१ माघ । स्वावलम्वन जीवन पद्दति केन्द्रले अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर वितरण गरेको छ । केन्द्रले सोमबार एक कार्यक्रम आयोजना गरी नेपालमै बनेका आल्मुनियमका १० ह्वीलचियर वितरण गरेको हो ।

नेपाल बङ्गलादेश बैंकको आर्थिक सहयोगमा स्वदेशमा बनेका हलुका ९१० किलो तौल भएका० ह्वीलचियर निर्माण गरी वितरण गरिएको हो ।
केन्द्रका अध्यक्ष टेकबहादुर गुरुङले विगत वर्षहरुमा सरकारको आर्थिक सहयोगमा वितरण गर्दै आए पनि यसपटक बैंकको सहयोगमा स्वदेशमा ह्वीलचियर निर्माण गरी वितरण गरिएको जानकारी दिनुभयो ।

नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठले बैंकले आफ्नो सामाजिक दायित्वअन्तर्गत सहयोग गरेको बताउनुभयो । केन्द्रले हालसम्म लगभग २०० ह्वीलचियर बनाई निःशुल्क वितरण गरिसकेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

केन्द्रले बालाजु स्कूल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजीको हाताभित्र ह्वीलचियर निर्माण गर्न वर्कशप स्थापना गरेको छ । रासस

प्रतिक्रिया
सम्बन्धित