शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

वीपी प्रतिष्ठानमा नयाँ उपकुलपति दौड : खनाल योग्य, शर्मा प्रशासनमा कमजोर, गिरी विवादीत

दैनिक नेपाल २०७६ माघ २१ गते १०:१४

काठमाडौं, २१ माघ । १६ जनाले दरखास्त हालेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आगामी उपकुलपतिका लागि तीन जनाको नाम ‘सर्ट लिष्ट’मा परेको छ ।

कार्यबाहक उपकुलपति डा. गुरु खनाल, सोही प्रतिष्ठानमा कार्यरत डा. सञ्जिव शर्मा र बाहिरबाट डा. ज्ञानेन्द्र गिरीको नाम ‘सर्ट लिष्ट’मा परेको हो ।

तीन जना मध्ये कार्यबाहक उपकुलपती खनाल योग्य छन् । उनले निमित्त र कार्यबाहकको जिम्मेवारी सम्हालेपछि प्रतिष्ठानको कामकारबाही चुस्त र प्रशासनिक निकाय प्रभावकारी ढंगबाट चलिरहेको छ ।

कार्यबाहक उपकुलपति डा. खनाल

तत्कालिन उपकुलपति डा. राजकुमार रौनियार घुसरकमसहित रंगेहात पक्राउ परेपछि निलम्बित भएका थिए । त्यसपछि निमित्तको जिम्मेवारी रेक्टर रहेका खनालको काँधमा आएको थियो ।

केही सातापछि उनलाई सरकारले कामको प्रभावकारीता हेरी कार्यबाहक जिम्मेवारी दिएको थियो । प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खनाल उपयुक्त उम्मेदवारका रुपमा लिएको बालुवाटार स्रोतले जनाएको छ ।

उपकुलपतिको दौडमा रहेका डा. शर्मा भने प्रशासनिक कामकारबाहीमा कमजोर रहेको तर अनुसन्धानमा भने कुशल मानिन्छन् । ‘शर्माले हालसम्म प्रशासनिक जिम्मेवारीका हिसाबले कुशल काम गरेको अनुभव छैन, अनुसन्धान र अध्ययनमा भने उनी कुशल छन्’, उच्च स्रोतले भन्यो ।

तेस्रा स्पर्धीका रुपमा रहेका डा. गिरी केही समयअघिसम्म नेपाली कांग्रेसनिकट रहेर काम गरेका थिए । उनी मेडिकल क्षेत्रमा विवादको घेरामा पनि परेका थिए । कांग्रेस नजिक रहेका नोबेल मेडिकल कलेजका प्रबन्ध निर्देशक सुनिल शर्मासँग पार्टनरसीप हुँदै झगडासम्म परेका डा. हुन् गिरी ।

चुनावताका मात्र उनी कांग्रेससँग केही टाढा भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित