
काठमाडौं, २१ माघ । सरकारले चीनबाट उद्वार गरेर ल्याउन लागेका नेपालीहरुलाई राख्ने क्वारेन्टाइनको व्यवस्था आज बेलुकासम्म गरिसक्ने बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उद्वार गरेकालाई राख्ने क्वारेन्टाइनको खोजी भइरहेको र आज बेलुकीसम्मामा टुंगो लगाउने जानकारी दिएको छ । मन्त्रालयले अहिलेसम्म सम्भावित २५ ठाउँको अवलोकन गरेको छ ।
क्वारेन्टाइनको व्यवस्था भए लगत्तै चीनमा रहेका नेपालीलाई तत्काल नेपाल ल्याइने बताइएको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म ४२६ जनाको मृत्यु भइसकेको छ ।
चीनमा रहेका विभिन्न देशका नागरिकलाई देशले धमाधम फिर्ता लगिरहेको छ । नेपालले पनि नेपाली नागरिकलाई फिर्ता ल्याउन लागेको हो ।











प्रतिक्रिया