बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

गृह सचिव न्यौपाने : जसलाई राजनीतिक प्रतिशोधमा जितेन्द्र देवले हटाएका थिए

दैनिक नेपाल २०७६ माघ २१ गते ९:४४

काठमाडौं, २१ माघ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अख्तियार दुरुपयो अनुसन्धान आयोगको सचिव रहेका महेश्वर न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरेको छ ।

गृहको जिम्मेवारीमा रहेका प्रेमकुमार राईको अवकास हुने दिन आएसँगै आइतबारबाट लागू हुनेगरी उनले  राजीनामा बुझाएका थिए । सोमबार राईको विदाई भएको थियो । विदाईका क्रममा गृहमन्त्री रामबहादुर थापा बादलले उनलाई एउटा महत्वपूर्ण जिम्मेवारीमा सरकारले नियुक्त गर्नसक्ने संकेत पनि गरेका थिए ।

बजार हल्लाअनुसार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भावी प्रमुख आयुक्तका रुपमा पनि हेरिएको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका नजिक र प्रशासनमा साधगी सचिवका रुपमा बुझिएका व्यक्ति थिए ।

यता नयाँ गृहसचिव न्यौपाने पनि प्रधानमन्त्री ओलीनिकट नै मानिन्छन् । हाल कांग्रेसका राष्ट्रिय सभा सदस्य जीतेन्द्र देव पर्यटनमन्त्री हुँदा उनी सोही मन्त्रालयमा सचिव थिए । देवले राजनीतिक प्रतिशोधका आधारमा उनको सरुवा गरेका थिए ।

नागरिक उड्डयन प्राधिकरणका तत्कालिन महानिर्देशक सञ्जिव गौतमलाई कारबाही नगरेको भन्दै देवले न्यौपानेको सरुवा गरेका थिए । न्यौपानेलाई नेकपानिकट उपल्ला तहका कर्मचारी मानिन्छ ।

ओली नेतृत्वमा सरकार बन्नासाथ उनलाई महत्वपूर्ण जिम्मेवारी दिइँदै आएको थियो । अख्तियार पनि प्रभावकारी संवैधानिक आयोग रहेकाले उनलाई त्यसको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित