९ मंसिर २०८३, बुधबार

भारत हुँदै म्यानमार जान खोज्ने दुई नेपाली महिला पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडाैं, २१ माघ । नक्कली पासपोर्ट र कागजात बनाएर भारत हुँदै म्यानमार जान खोज्ने दुई जना नेपाली महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ३६ वर्षीया कविता घिसिङ र ३१ वर्षीया एस. सरस्वती रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

समाचारमा उनीहरूको नेपालको ठेगाना भने खुलाइएको छैन । उनीहरूलाई आइतबार साँझ म्यानमारका अध्यागमन अधिकारीहरूले अन्तर्राष्ट्रिय गेटमा खटिएका भारतीय अधिकारीलाई नक्कली कागजातसहित जिम्मा लगाइदिएका छन् ।

उनीहरूविरुद्ध मणिपुरको सीमावर्ती सहर मोरेह प्रहरी स्टेसनमा घटनाबारे उजुरी दर्ता गरेर थप अनुसन्धान भइरहेको छ ।