शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

दैलेखका तत्कालिन ‘सीडीओ’माथि पाँच मुद्दा

दैनिक नेपाल २०७६ माघ २० गते १६:२१

काठमाडौँ, २० माघ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तात्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल विरुद्ध पाँचवटा मुद्दामा आरोप पत्र दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले विशेष अदालत, काठमाडौंमा छ लाख ५२ हजार ६०० रुपियाँ बिगो कायम गरी रिजालमाथि कारबाहीको मागसहित आरोप पत्र दायर गरिएको जानकारी दिनुभएको छ ।

आयोगको अनुसन्धानबाट रिजाल धम्की दिएर सेवाग्राहीसँग घुस लिने गरेकोसमेत खुल्न आएको छ ।  रिजाललाई आजै विशेष अदालत, काठमाडौंमा बुझाइएको छ ।

एक महिला सेवाग्राहीसंग घुस मागेको भिडियो सार्वजनिक भएपछि रिजाललाई तीन साता अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया
सम्बन्धित