शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

जबरजस्ती करणी गरी कुवेत भाग्न लाग्दा विमानस्थलबाट पक्राउ

दैनिक नेपाल २०७६ माघ २० गते १५:५४

काठमाडौँ, २० माघ ।  जबरजस्ती करणी आरोपमा फरार रहेका एक व्यक्ति कुवेत भाग्न लाग्दा विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङका हेमन सिंह बस्नेत रहेका छन् । बस्नेतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

गएको जेठ १४ गते गजुरी गाउँपालिका ८ को हलेदेखोलाकी एक १६ वर्षे किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका सिंहलाई रोजगारीका लागि कुवेत जाने क्रममा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित